सगुनको स्मार्ट कोइन्स सार्वजनिक, आजै साइनअप गर्नुहोस् र कमाउन थाल्नुहोस्

डिसी नेपाल
५ कार्तिक २०७६ १५:२५

काठमाडौं। कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको सगुनले स्मार्ट कोइन्स सार्वजनिक गरेको छ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित सगुनले आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड ‘अ डिजिटल वालेट’ सार्वजनिक गरेको हो।

मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाई र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा सगुन निकै उत्साहित भएको विज्ञप्तीमा जनाइएको छ।

विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण भइरहेको थियो। धेरै प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन्। साथै उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ।

कसरी कमाउने स्मार्ट क्वाइन्स ?
Google (https://play.google.com/store/apps/details?id=com.sagoonlite) वा Apple App Store  (https://apps.apple.com/us/app/sagoon-lite/id1449566264) बाट सगुन लाइट डाउनलोड गर्नुहोस्। तपाइँको फोनमार्फत साइन अप गर्नुहोस्, आफूलाई मन परेका विषयवस्तुहरु छान्नुहोस् र तपाइँको फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गर्नुहोस्।

ड्यासबोर्डमा तपाइँको स्मार्ट कार्ड एक्टिभेट गर्नुहोस्। सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ। यसरी स्मार्ट कार्ड एक्टिभेट गर्नेले १०१ स्मार्ट क्वाइन कमाउन सक्ने जानकारी सगुनले गराएको छ।

साथै कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर अझै क्वाइनहरु कमाउन सकिने दावी समेत सगुनको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *