सभामुख पदमा काँग्रेसको दावी रहन्छ : नेता लेखक

डिसी नेपाल
५ कार्तिक २०७६ १६:३४

काठमाडौं । प्रमुख प्रतिदल नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।

काँग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क पनि गरे।

उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने पनि बताए।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे।

उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *