भारतको कर्नाटकमा बाढीका कारण थप १३ को मृत्यु

डिसी नेपाल
६ कार्तिक २०७६ २३:०२

कर्नाटक (रासस/एएनआई) । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ।

विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्।

राज्य सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीका कारण १५० भन्दा बढी पशुचौपाया मरेका छन्।

अधिकारीहरुले बाढीका कारण ९ हजार ८३२ घरमा आंशिक क्षति भएको र २०६ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएका छन्।

गत पछिल्लो छ दिनमा यस क्षेत्रमा अत्यधिक वर्षा भएको र बाढी आएकाले धनजनको क्षति भएको सरकारी अधिकारीहरुको भनाई छ।

उनीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले जनजीवन सामान्य हुँदै जान थालेको छ भने खोजी, उद्धार तथा राहतका लागि कामहरु पनि भइरहेका छन्।

बगालकोटमा मात्रै ३७ हजार ३४ जना बाढी प्रभावितलाई विभिन्न शिविर बनाएर पुनस्र्थापित गरिएको छ।

कर्नाटक राज्यका २८ ओटा शिविरमा ७२ हजार २० जनालाई पुनस्र्थापना गरिएको प्रदेश सरकारको तथ्याङ्क छ।

सरकारी अधिकारीले बाढीबाट प्रभावितका लागि आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेको पनि जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *