सुर्खेतमा चाडपर्व केन्द्रित बजार अनुगमन

डिसी नेपाल
८ कार्तिक २०७६ १५:४२

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतले चाडपर्व केन्द्रित बजार अनुगमनलाई तिब्रता दिएको छ। कार्यालयले वीजया दशमी तथा शुभदिपावली र छठ पर्वलाई लक्षित गरेर बजार अनुगमन थालेको हो।

चाडपर्वको समयमा अयोग्य र मिसावटयुक्त दैनिक उपभोग्य खाध्य सर–समानहरुको बिक्री बितरण हुने जोखिम भएकाले चाडपर्व केन्द्रित बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ।

उपभोक्ताहरु बिरामी परी ज्यान जोखिममा पर्ने भएकाले यस बाट बच्न अभियानलाई तिब्ररुपमा अगाडि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिएका छन् ।

बिशेष गरेर खाध्य पदार्थ तथा दाना पदार्थ लाई अनुगमनमा जोड दिइएको छ । यस्तै होटेल, रेष्टुरेन्ट र होम इस्टेलाई पनि केन्द्रमा राखेर अनुगमन गरिएको थापाले बताए।

स्वस्थ र निरोगी भएर बाँच्नलाई तथा स्वच्छ र सफा खाध्य बस्तु उचित रुपमा उपभोग गर्नको लागि सरोकारवलाहरुलाई विभिन्न प्रकारको भरपद्रो उपयुक्त तालिम तथा सलाह सुझाब पनि दिएको थापाले बताएका छन् । खाद्य उद्योगहरुलाई तालिम, समय–समयमा उपभोक्तालाई भेला गरेर छलफल र विद्यालयमा स–साना बालबालिकाहरुलाई पनि विभिन्न तालिम दिएर उक्त विषय सम्बन्धि जनचेतना फैलाउदै आएको प्रमुख थापाले बताएका छन् ।

उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण सुर्खेतको कार्यलयले कर्णालीका छ वटा जिल्लालाई समेत हेर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *