उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको हेलिकोप्टरमार्फ उद्धार
डोल्पा। डोल्पामा लेक लागेर बिरामी भएका दुई जना जर्मन नागरिकलाई उद्धार गरिएको छ ।
माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुई जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुबै जना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन् ।
उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरुको नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment