दूरी बढेको भन्ने गणित मिलेन : प्रधानमन्त्री ओली

डिसी नेपाल
१० कार्तिक २०७६ १३:५७

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दुरी बढ्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दुरी बढ्ने कुनै अवस्था नरहेको बताए ।

‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, उनले अगाडि थपे ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामीबीच कुनै प्रकारको दूरी बढ्ने सम्भावना र अवस्था दुवै छैन ।’

प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार विभिन्न संचार माध्याममा आईरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गर्नुभयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए ।

उनले भने, ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ उनले थपे, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’




प्रतिक्रिया

One thought on “दूरी बढेको भन्ने गणित मिलेन : प्रधानमन्त्री ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *