सुत्केरीको हेलिकप्टरमा उद्धार
बैतडी। बैतडीको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।
प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
“अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उनले भने। सुत्केरीको साथमा रहेका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ । रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment