कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका

डिसी नेपाल
१२ कार्तिक २०७६ २१:१७

बनेपा। विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् ।

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाइसकेको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ । टीका राख्नका लागि बेलुकासम्म समय मिलाइदिएको शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देश विदेशमा रहनु भएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

टीका राख्नका लागि कारागार व्यवस्थापन शाखाले आवश्यक ठाउँको व्यवस्था मिलाउनुको साथै पालोलाई पनि व्यवस्थित गरिदिएको जेलर जङ्गबहादुर राईले बताए। टाढाटाढाबाट दिदीबहिनीहरु आएर टीका लगाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदीबन्दीहरु रहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *