बग्दादीसँगै मारिएकाे कुकुरकाे बच्चाकाे कथा

डिसी नेपाल
१४ कार्तिक २०७६ १४:१०

एजेन्सी। अमेरिकी सेनाको कारवाहीमा इस्लामिक स्टेटका प्रमुख अबू बकर अल बग्दादीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले चलाएको अपरेशनमा बग्दादीको मृत्यु भएको जानकारी दिएका थिए। उनको मृत्युमा अमेरिकी सेनाको एउटा कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यही आक्रमणमा अर्को एउटा कुकुर पनि छ, जसको आमा मारिएको छ।

जुन आक्रमणमा बग्दादी मारिएका थिए, त्यही आक्रमणमा एक फिमेल कुकुर पनि मारिएको थियो। मारिएको कुकुरको एउटा बच्चा पनि थियो, जसले आफ्नो आमालाई खोजिरहेको थियो। बच्चाले आमालाई खोज्ने क्रममा माउ कुकुरलाई मृत भेट्टाएको थियो। एक जना फोटोग्राफरले उक्त हृदयविदारक फोटो ट्विट गरेका छन्।


उनले ट्विटमा क्याप्शन लेखेका छन्–यो पप्पी एक्लै भयो। यसको आमा अमेरिकाको त्यो आक्रमणमा मारियो जुन आक्रमणमा आईएसआईएस प्रमुख बग्दादी मारिएका थिए।’ यस्तो खबर सुनेपटि जोकोही पनि यो कुकुरको बच्चाप्रति सहानुभूति जनाइरहेका छन्।

चार घण्टा मोटरसाइकल चलाएपछि यो कुकुरको बच्चालाई नयाँ परिवार मिलेको छ। उक्त पप्पीलाई ती फोटोग्राफरले एउटा डिब्बामा राखेर आफ्नो घर पुर्याएका थिए। योसँगै यो पप्पीको नामा नाम बेबी राखिएको छ।

यी फोटोग्राफरले यसअघि पनि यस्तै बच्चालाई नयाँ जीवन दिइसकेका छन्। सीरिया युद्धका क्रममा कयौं कुकुर मारिएका छन्। युद्धको फोटो खिच्ने क्रममा उनले यस्ता धेरै कुकुरको बच्चाको उद्धार गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *