सिरियामा नागरिक तथा उनीहरूको घरको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आग्रह

डिसी नेपाल
१४ कार्तिक २०७६ २१:२८

इस्तानबुल। सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन्।

सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उनले बताए।

“सिरियामा द्वन्द्व समाधानका लागि प्रष्ट राजनीतिक समाधान तथा दृष्टान्त छैन,” उनले भने।

राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले एक दिन पहिले स्वीडेनी शहर जेनेभामा भएको सिरियाली संवैधानिक समितिको पहिलो बैठक प्रगतिका लागि एक महत्वपूर्ण थालनी तथा आधार भएको बताए।

उनले बैठकले सिरियाली युद्धका लागि राजनीतिक समाधानको बाटो तय गर्ने विश्वास व्यक्त गरे। उत्तरी सिरियामा वार्ताद्वारा युद्ध अन्त्यका लागि गरिएको हालैको प्रयासको महासचिव गुटेर्रेसले स्वागत गर्दै इदलीवको अवस्थाप्रति चासो व्यक्त गरे। रासस÷सिन्ह्वा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *