जंगलमा फैलिएको आगो रोक्न बाख्रा परिचालन, ५०० बाख्राले ऐतिहासिक पुस्तकालय बचाए

डिसी नेपाल
१६ कार्तिक २०७६ ११:२४

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा रहेको रोनाल्ड रिगन पुस्तकालयलाई ५ सय बाख्राले बचाएका छन् । जंगलमा फैलिएको आगो पुस्तकालयसम्म पुग्न लागेपछि पुस्तकालयलाई बचाउन ५ सय बाख्रा परिचालन गरिएको थियो । क्यालिफोर्नियामा विगत १ हप्तादेखि ७६ हजार एकड जंगलमा आगो फैलिएको छ । आगो पुस्तकालयसम्म पुग्न लागेको थियो । तर, बाख्राको झुण्डले पुस्तकालयको आसपासको झाडी खाए जसका कारण आगो पुस्तकालयसम्म पुग्न नपाएको बीबीसीको समाचारमा उल्लेख छ

पुस्तकालयकी प्रवक्ता मेलिसा गिलरका अनुसार बाख्राहरुले झाडी खाए जसबाट आगोको रफ्तार ढिलो भयो । त्यसपछि अग्नी नियन्त्रकले आगो निभाए । आगो पुस्तकालयको ह्याङगर हाउसिङभन्दा ५० मिट मात्र टाढा थियो । सिमी भ्यालीनजिकै रहेको रिगन पुस्तकालय दक्षिण क्यालिफोर्नियाको दोस्रो ठूलो संस्थान हो । यसलाई रोनाल्ड रिगन फाउण्डेशनले संचालन गर्छ ।

पुस्तकालयको आसपास धेरै झाडी छ र यस इलाकामा अक्सर आगो लागेपछि रोनाल्ड रिगन फाउण्डेशनले गत मेमा ५ सय बाख्रालाई करिब ५ हेक्टरको आसपासको जमिनमा झाडी सफा गर्नको लागि ल्याएको थियो । यी बाख्रा हानिकारक झाडी खान मन पराउँछन् । यो पुस्तकालयमा एयरफोर्स वन र बर्लिनको पर्खालको प्रतिकृतिजस्ता अहम चीजहरु राखिएका छन् । पुस्तकालयमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिकनद्वारा प्रयोग गरिएको बोइन ७०७ विमान, प्रशासनिक दस्तावेज र ज्ञापन राखिएका छन् । अमेरिकाका ४० औं राष्ट्रपति रिगनलाई उनकी पत्नी न्यान्सीको साथमा यही गाडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *