कर्णाली राजमार्गमा सवारी दुर्घटना, ७ जना घाइते

डिसी नेपाल
१६ कार्तिक २०७६ १८:४४

काठमाडौं। कर्णाली राजमार्गको कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ को दैखोलामा भे १ ख २४०६ नम्बरको फोर्स गाडी दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जादैँ गरेको देउती यातायातको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। गाडीमा ३२ जना सवार रहेको घटनास्थलबाट कालिकोटका शिक्षक टोपबहादुर शाहीले बताए । ‘क्षमताभन्दा बढी यात्रु भएका कारणले दुर्घटना भएको देखिन्छ’, उनले भने, ‘घाइतेहरु सामान्य अवस्थामा रहेको छन्।’

शनिबार दिउसो ३ः४० बजे दुर्घटना भएको र क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *