महराको थुनछेक बहस आज पनि : जेल जालान् की धरौतीमा रिहा होलान्?

डिसी नेपाल
१८ कार्तिक २०७६ ७:२२

काठमाडौं। यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको थुनछेक बहस सोमबार (आज) पनि हुँदैछ। आइतबार उनको थुनछेक बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सरकारी वकिलको वहस सकिएको छ। उनका निजी कानुन व्यवसायीले आज बहस गरेपछि मात्र अदालतले महराको मुद्दाको फैसला गर्नेछ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा पक्राउ महराको मुद्दामा शुक्रबारदेखि चलिरहेको थुनछेक बहस आइतबार नसकिएपछि उनी हिरासतमै छन्।

बलात्कारको आरोप लागेका पूर्वसभामुख महराले भने लगाएको अभियोग सत्य नभएको बयान दिएका छन्। उनले त्यसदिन निज कर्मचारीको घरमा जान खोजेको तर फोन सम्पर्क नभएपछि नगएको बयान दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *