नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

डिसी नेपाल
१८ कार्तिक २०७६ २०:०५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ ।

पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी सुवेदीलाई नर्भिक हस्पिटल लगिएको थियो ।

नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सामान्य सर्जरी पछि सुवेदीको अवस्था सामान्य रहेको उनका सहयोगी देव चौलागाईंले बताए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र न २ का तत्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार भइ तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई हराएर उनी चर्चित बनेका थिए । सुवेदी हालको नेकपाका केन्द्रीय सम्पर्क मञ्चका सहसंयोजक हुन् ।

उनलाई दाङको प्रहरी हिरासतमा रहेका छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न जाने क्रममा हृदयघात भएको हो ।

उनका छोरा सन्तोष सरकारद्वारा प्रतिवन्धित विप्लव नेकपाका रोल्पा इन्चार्ज हुन् । उनी केही समय अघि दाङको राजपुरबाट पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *