नवनियुक्त प्रदेश प्रमुखहरुको शपथ मंगलबार
फाइल फाेटाे।
काठमाडौं। नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको शपथ ग्रहण मंगलबार हुने भएको छ । मन्त्रिपरिषदले सोमबार प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयले मंगलबार बिहान साढे ८ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराउने तयारी गरेको छ।
सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको थियो।
मन्त्रिपरिषदले सिफारिस गर्नुअघि नेकपा सचिवालयको बैठकले सातैजनाको नाम सिफारिस गरेको थियो। पार्टीको सिफारिसअनुसार मन्त्रिपरिषदले पनि सिफारिस गरेको हो।
मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारका पालमा नियक्त भएका सबै सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment