नेपालको भूभागको रक्षा गर्न सरकारसँग राप्रपाको माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाले यस्तो माग गरेको हो।
विज्ञप्तीमा भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
साथै राप्रपाले नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य भएको विज्ञप्तीमा बताएको छ।
राप्रपाले जारी गरेको प्रेस विज्ञप्तीः–

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment