बेलायती अभिनेत्री जोआन्ना लुम्ले नेपालका लागि सद्भावना दूत नियुक्त
लण्डन । बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन्।
साताव्यापी वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका हुन्।
भट्टराईले बिहीवार बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा आयोजित एक समारोहका बीच उनलाई सो जिम्मेवारी दिएका हुन् ।

यस्तै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई समेत नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी लगायतको उपस्थिति थियो।
यो नियुक्तिको बेलायतमा बस्दै आएका केही नेपालीले भने विरोध गरेका छन् । उनीहरूले गैर आवासीय नेपालीलाई सद्भावना दूत नबनाएर भारतीय मूलका तथा बेलायतीलाई बनाउनु अनुचित भएको तर्क गरेका छन् । यी तीनैजनालाई बेलायतका लागि नेपाली राजदूतले सिफारिस गरेको बताइएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment