उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित

डिसी नेपाल
२४ कार्तिक २०७६ १९:१९

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।

खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उनले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए ।

मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *