भारतीय नक्सा विवाद : भारतविरुद्ध राप्रविसंको प्रदर्शन

डिसी नेपाल
२४ कार्तिक २०७६ १९:४३

काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ राजनैतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका भूमि जबर्जस्ती भारतमा पारेपछि नेपालमा चौतर्फी आक्रोश बढीरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि आज उक्त भारतीय कदमको विरोध गर्दै सडक प्रदर्शन गरेको छ ।

राजधानीको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस परिसरबाट सुरु भएको जुलुस पद्मोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिवाटीकामा पुगेर समापन भएको उक्त संगठनका उपाध्यक्ष शसी भण्डारीले जानकारी दिए ।

राप्रविसंले छिट्टै बैठक गरेर बृहत् संघर्षका कार्यक्रम तय गर्ने भण्डारीले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *