लस एन्जेलिसमा प्रियंका र निक जोनसले किने नयाँ घर, मूल्य कति?
एजेन्सी। बलिउड र हलिउडका चर्चित जोडी हुन् निक जोनस र प्रियंका चोपडा। जब प्रियंकाले हलिउडको वेब सीरीज ‘क्वान्टिको’ बाट हलिउडमा कदम राखिन् तब शायद कसैले पनि प्रियंकाको यात्रा यहाँ सम्म हुन्छ भनेर सोचेका थिए। अघिल्लो महिला प्रियंका र निक आफ्नो विवाहको पहिलो उत्सव मनाउँदैछन्।

यतिबेला प्रियंका चोपडा आफ्नो फिल्म ‘ह्वाइट टाइगर’ को शुटिङका लागि दिल्लीमा छन्। उता समाजिक संजालमा भने प्रियंका र निकले नयाँ घर निकेको विषयले चर्चा पाएको छ। मिडिया रिपोर्टका अनुसार प्रियंका र निकले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन्।
यसको मूल्य झण्डै दुई सय करोड रहेको बताइएको छ। तर यो समाचारको स्वतन्त्र पुष्टि भनेको हुन सकेको छैन। कतै यो खबर पनि प्रियंका गर्भवती भएको चर्चा जस्तै अफवाह हो की उनीहरुले घर नै किनेका हुन् भन्ने थाहा पाउन केही समय कुर्नु पर्ने भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment