प्रवासबाट नेपाल आएका कविहरू एपेकमा सुनिए
काठमाडौं। लेखक, प्रकाशक, सम्पादक तथा समीक्षकहरूको संस्था एपेक नेपालले प्रवासबाट स्वदेश भित्रिएका स्रष्टाहरूको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
शनिबार बिहान काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बेलायतबाट आएका कवि तथा मुक्तक लेखक डा. रुपक श्रेष्ठ, कवि राज श्रेष्ठ, अमेरिकाबाट आएका साहित्यकार गोविन्द गिरी प्रेरणा तथा कतारबाट आएका गीतकार तथा गायक प्रेम भट्टराई तथा कला भट्टराईलाई सम्मानसहित स्वागत गरेको छ।
कार्यक्रममा प्रवासबाट आएका कविहरूले गीत, कविता र मुक्तक वाचन गरेका थिए। सो अवसरमा प्रेम भट्टराई तथा कला भट्टराईले गीत पनि गाएका थिए।
कार्यक्रममा राज श्रेष्ठको शब्द तथा सूर्य थुलुङको संगीत तथा स्वरमा तयार हुँदै गरेको गीत गायक थुलुङले गाएर सुनाएका थिए।
सो अवसरमा एपेकका अध्यक्ष कवि विश्व विमोहन श्रेष्ठले विदेशमा बस्दै आएका नेपाली स्रष्टाहरूलाई स्वागत गर्दै तिनका रचनामा मुलुक प्रतिको माया अभिव्यक्त हुँदै आएको बताए।
कार्यक्रममा प्राज्ञ माया ठकुरी, प्राज्ञ लक्ष्मीमाली, साहित्यकारहरू स्नेह सायमी, किशोर पहाडी, पवन आलोक, श्रीओम रोदन, राजेन्द्र शलभलगायतको उपस्थिति थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment