अर्जुन र शान्तिश्रीको आवाजमा ‘गाजले’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
३ मंसिर २०७६ १२:३०

काठमाडौं। लोक पप गायक अर्जुन कौशलले नयाँ गीत सार्वजनक गरेका छन्। अर्जुन र शान्ति श्री परियारको स्वरमा ‘गाजले’बोलको गीत सार्वजनिक गरिएको हो।

गीत नेपालको पश्चिम क्षेत्रमा गाइँदै आएको मौलिक झ्याउरे लयमा आधारित रहेको अर्जुन बताउँछन्।

गीतको शब्द गायक अर्जुन र पवन परियारले कोरेका हुन्। त्यस्तै गीतमा संगीत अर्जुन स्वयंमको छ। शिव वि.क.को निर्देशन रहेको भिडियोमा धिरेन शाक्य र नन्दा बस्याल फिचर्ड छन्।

आरोन आशोकुमारको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी पदम सुवेदीले निर्वाह गरेका हुन्।

भिडियो अर्जुन कौशलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *