इराकमा १४ वर्षदेखि अलपत्र नेपाली महिलाको उद्धार

डिसी नेपाल
३ मंसिर २०७६ १६:३५

कुवेत । इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । रूपन्देहीकी ५१ वर्षीया टिका सेनलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले उद्धार गरेर नेपाल फर्काएको हो ।

उनी एजेन्ट मार्फत भारतको दिल्ली, दुबई हुँदै इराकको बग्दाद पुगेकी थिइन् । टिकालाई त्यहाँ हाउसमेडको रुपमा पठाइएको थियो । शुरुको २ वर्ष राम्रैसँग बिताएकी उनी त्यसपछि भने समस्यामा परेकी थिईन्।

युद्ध चलिरहेका बेला उनी बस्ने पुरै बस्ती नै युद्धरत पक्षले बमले ध्वस्त पारेको थियो । उक्त हमलामा उनी भाग्न त सफल भइन तर बस्ने मालिकका परिवार जिउँदा रहेकी रहेनन् भन्ने केही अत्तोपत्तो भएन । घर ध्वस्त हुँदा उनको राहदानी पनि गुम्यो।

त्यसपछि पछि अर्को घरमा काम गर्न थालेकी उनी राहदानी नभएका कारण नेपाल फर्कन सकेकी थिइनन् । नेपाल फर्कन अनेकौँ कोसिस गरिरहेकी उनी एक जना कुवेतमा कार्यरत इराकी नागरिकको सम्पर्कमा आएकी थिइन् । ती व्यक्तिले उनको समस्याबारे एनआरएनए कुवेतलाई जानकारी गराएका थिए । एनआरएनए कुवेतको ४ महिनाको प्रयासमा उनी सोमबार नेपाल फर्किएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *