अब जोन इब्राहिमसँग रोमान्स गर्ने पालो यी सुन्दरी नायिकाको

डिसी नेपाल
४ मंसिर २०७६ ११:०१

मुम्बई। अभिनेता जोन इब्राहिम यतिबेला नयाँ फिल्म ‘अट्याक’ लाई लिएर चर्चामा छन्। फिल्मा ज्याकलीन मुख्य भूमिका छिन्। भारतीय संचारमाध्यमका अनुसार अभिनेत्री रकुल प्रीत सिंहको पनि यो फिल्ममा अभिनय रहेको छ।

उनलाई फिल्मको कहान मन पर्यो र फिल्ममा काम गर्ने सहमति पनि जनाएकी छन्। यी अभिनेत्रीले अहिलेसम्म फिल्मको निर्वाह गरेको भूमिका भन्दा यो फिल्मको भूमिका फरक हुने बताइएको छ। यो फिल्मको फस्र्ट लुक जारी पनि गरिएको छ।

यो फिल्मको निर्देशन लक्ष्यराज आनन्दले गर्ने भएका छन्। र यो फिल्मलाई जोन इब्राहिमको प्रोडक्शन हाउसले बनाउन लागेको हो। जोन र रकुल प्रीत सिंहले सँगै काम गरेको यो पहिलो फिल्म हुनेछ। जबकि ज्याकलीनसँग फिल्म ‘ढिशुम’ मा अभियन गरिसकेका छन्।

रकुल प्रीत सिंह भुषण कुमारको नयाँ फिल्ममा अर्जुन कपुरसँग काम गर्दैछिन्। अहिलो फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। यस अघि पहिला अजय देवगनसँग फिल्म ‘दे दे प्यार दे’ र सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मरजावां’ मा काम गरिसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *