दोलखामा बसले किचेर एक बृद्धाको मृत्यु

डिसी नेपाल
४ मंसिर २०७६ १६:५५

दोलखा । भिमेश्वर नगरपालिका ८ चरंगेखोलास्थित सडकमा बा.३ ख २९९७ नम्बरको बसले किच्दा बैतेश्वर गाउँपालिका २ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

बस रोकी राखेको अवस्थामा अचानक पछाडि गुड्न जाँदा बसमा सवारमध्ये उनको भाग्ने क्रममा बसले किचेर मृत्यु भएको हो ।

बसमा सवार सोही ठाउँ बस्ने मिरा तामाङ बसबाट हामफाली भाग्ने क्रममा उनको छोरा २ महिनाका छिरिङ लामा घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट पठाइएको छ ।

हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *