सर्लाही र पर्सामा आगलागी हुँदा ६ लाख बराबरको क्षति

डिसी नेपाल
४ मंसिर २०७६ १७:०२

काठमाडौं । सर्लाही र पर्सामा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १ बस्ने किरण घिमिरेको घरको भान्सा कोठामा बुधबार बिहान करेण्ट सर्ट भई आगलागी हुँदा फ्रिज, सोफा, वासिङ्ग मेशिन, टेलिभिजन लगायतका समान जलेर करिब ३ लाख ९४ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै पर्साको बहुदरमाई नगरपालिका २ बैरिया बस्ने बिनोद साहको घरमा बुधबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा कच्ची घर, घरभित्र रहेको अन्नपात लगायत जलेर करिब २ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *