बैतडीमा वडाध्यक्षको शव फेला

डिसी नेपाल
४ मंसिर २०७६ १८:५८

बैतडी । बैतडीमा एक वडा अध्यक्षको रहस्यमय मृत्यु भएको छ ।

हिजो मंगलबार राती जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राजबहादुर चन्दको रहस्यमय मृत्यु भएको बताइएको छ ।

मंगलबार राती करिब १० बजेतिर पसलबाट आफ्नो घर जानेबलामा घरभन्दा करिब २ किलोमिटर अगाडि नै बाटोभन्दा तल भिरालो ठाउँमा उनको शव बुधबार फेला परेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चन्द मंगलबार स्थानीय कैलपाल मन्दिरमा धुरामेला हेर्न गएका थिए । मेला हेरी घर फर्किने क्रममा भिरबाट लडेर वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।

अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *