कपडा पसलमा आगलागी, ४० लाख बराबरको क्षति

डिसी नेपाल
४ मंसिर २०७६ २२:३३

धम्बोजी । आज बिहान जिल्ला बर्दिया मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको पुण्यप्रसाद बजगाईँको कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ ।

रु ४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *