ह्वाट्सएपमा जोखिम घटाउन नयाँ संस्करण प्रयोग गर्न आग्रह

डिसी नेपाल
४ मंसिर २०७६ २२:४८

बीबीसी। भारतको साइबर सुरक्षा सम्बन्धी मुख्य निकायले सम्भावित जोखिम पाइएपछि ह्वाट्सएप प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनमा सन्देश आदानप्रदान गरिने उक्त एपको नयाँ संस्करण अपडेट गर्न आग्रह गरेको छ।

भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यस्तो आग्रह गरेको हो।

उक्त सम्भावित जोखिम नचिनेको नम्बरबाट आउने एउटा भिडिओबाट सुरु हुनसक्छ।

ह्वाट्सएपले उपभोक्ताको फोनमा कुनै असर गरेको थियो भन्ने कारणहरू नरहेको बताएको थियो।

नयाँ समस्याबारेको समाचार आए लगत्तै ह्वाट्सएपले उसको सफ्टवेयर फोनहरूमा ुस्पाईवेयरु राख्नमा प्रयोग भएको स्वीकारेको थियो।

ह्वाट्सएपको स्वामित्व लिने कम्पनी फेसबुकले उक्त एपमा देखिएको नयाँ जोखिमलाई समाधान गर्ने केही दिन अघि घोषणा गरेको थियो।

भारतको कम्प्युटर इमरजेन्सी रेस्पोन्स टिमले यदि कसैले नचिनिएको नम्बरबाट आएको उक्त भिडिओ खोलेमा एउटा सफ्टवेयर फोनमा स्वचालित रूपमा रहन जाने बताएको छ।

त्यसको प्रकृति पत्रकारहरू र अधिकारकर्मीहरू विरुद्ध प्रयोग गरिएको भनिएको एउटा ुमालवेयरुको जस्तै रहेको छ।

उक्त निकायले यस्तो जोखिमले जुनसुकै क्षेत्रमा रहेका फोनहरूमा पहुँच पाउने र त्यसका कार्यहरूलाई परिवर्तन गरिदिन सक्ने जनाएको छ।

उक्त एपमा एउटा सुरक्षा सम्बन्धी पनि समस्या रहेको र त्यसको समाधान गरिने उसले जनाएको छ।

भारतमा मात्र ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *