‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’को चुनावमा विष्णु र रमेशबीच प्रतिश्पर्धा

डिसी नेपाल
५ मंसिर २०७६ १५:०७

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन नजिकिँदै छ । लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुलाई चुनावले छोएको छ । कलाकारहरु आफ्नो पेशासँग सम्बन्धित संस्थामा राम्रो प्रतिनिधि छनोटका लागि सचेत भइरहेका छन् । महाधिवेशन मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा हुँदैछ ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरु प्रचार प्रसारमा व्यस्त छन् । प्रचारप्रसारले सामाजिक संजाल तातेको छ ।

उम्मेदवारहरु आफ्नो उम्मेदवारीको फोटो राखेर फेसबुकमा भोट अपिल गरिरहेका छन् । यसअघि ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको छैटौ महाधिवेशनबाट बद्री पंगेनी अध्यक्ष पदमा विजयी भएका थिए ।

सातौ अधिवेशनमा अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी दिएका छन् । विष्णुले यसअघि पनि दुई पटक अध्यक्ष पदमै उम्मेदवारी दिएका थिए । तर पराजित भए । अध्यक्षका अर्का उम्मेदवार रमेश अहिले वरिष्ठ उपाध्यक्ष पदमा छन् । चुनावका लागि को कुन पदमा उठ्ने भन्ने शनिबार मात्रै पक्का हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *