टी–१०ः सुपर लिगको अन्तिम खेलमा आज पारस र सन्दीपको टिम भिड्दै

डिसी नेपाल
६ मंसिर २०७६ ९:३१

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टस्कर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।

प्रतिस्पर्धाका लागि मैदान उत्रँदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकी सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहदै आएको छ । सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रबल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् । यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *