कर्णालीमा शल्यचिकित्सक पठाउने विषय प्राथामिकतामा छ : राज्यमन्त्री रावत

डिसी नेपाल
७ मंसिर २०७६ १७:१९

सुर्खेत । नवनियुक्त स्वास्थ्य जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य समस्या हल गर्नका लागि कर्णाली प्रदेश पहिलो प्राथमिकतामा राखिने बताएका छन् । उनले शनिबार सुर्खेत विमानस्थलामा प्रेससंगठन नेपाल सुर्खेतले गरेको पत्रकारसँगको भेटमा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रका समस्यामा सुधार गर्न आफू लागिपर्ने बताएका हुन।

स्वास्थ्य राज्यमन्त्रीको सपथ लिए पछि पहिलो पटक गृह जिल्ला पुगेका रावतले पदभार गर्दाको पहिलो निर्णय नै कर्णालीमा शल्यचिकित्सक पठाउने भएको बताएका हुन् ।

कर्णालीका कतिपय ठाउँमा अहिले पनि सिटामोल नपाउने अवस्था भएकाले पहिलो प्राथमिकतामा कर्णालीलाई परेको रावतको भनाइ थियो । उनले अव कर्णालीमा त्यस्तो अवस्था आउन नदिने दावी समेत गरे।

स्वास्थ्यराज्यमन्त्री रावतले स्वास्थ्य संस्थामा हुने गरेको औषधिको अभावलाई कम गर्नका लागि तिन वटै तहका सरकारले अनुगमन गरिने समेत बताएका छन् । कर्णालीमा हरेक क्षेत्रमा जनशक्तिको अभाव रहेकोले जनशक्तिलाई पूर्ति गर्न आफूले पहल गर्ने समेत जनाएका छन् ।

राज्यमन्त्री रावतले कर्णाली प्रदेश अस्पतालको व्यवस्थापन पक्षमा सुधार गर्ने योजना रहेको बताउदै कर्णालीमा जनताका दुःख पहिलो जस्तो नहुने वातावरण तयार गर्न सकिने जिकिर समेत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *