अष्ट्रेलियामा नेपाली दम्पतीको झगडा: श्रीमानको ज्यान गयो, हत्या आरोपमा श्रीमती पक्राउ 

डिसी नेपाल
८ मंसिर २०७६ ११:४८

सिड्नी । गएको शनिबार राति पश्चिमी सिड्नीको ग्रानभिलमा एक नेपाली मुलका दम्पतीबीच दुखद घटना घटेको छ । श्रीमान श्रीमतीबीचको झगडाले उग्ररूप लिएपछि घटना दुखद हुन पुग्यो । पारिवारिक विवाद चर्किदा बुटवलका सन्तोष गौतमको ज्यान नै गयो भने  हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमती निमा गौतम प्रहरीकाे नियन्त्रणमा पुगिन् ।

उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहीसमय अघिदेखि पारिवारिक रुपमा खटपटमा रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा हात हालाहालको स्थिति आएको थियो। निमाले सन्तोषमाथी  धारिलो हतियार प्रहार गरेको बताइएको छ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार शनिबार बेलुका ग्रानभिलको घरमा झगडा भएपछि घाईते भएका ३४ वर्षका सन्तोषलाई पारामेडिक्सले प्राथमिक उपचार गरेपछि स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचारका लागि सोही अस्पतालमा उपचारपछि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले यस घटनालाई घरेलु हिंसाको रुपमा अनुसन्धान गरिरहेको छ । घटना पछि निमालाई स्थानीय पारामाटा अदालतमा हत्याको मुद्दा दायर गर्न उपस्थित गराइएको थियो । निमाले आफूलाई धरौटीमा रिहा गर्न गरेको आग्रह अदालतले भने अस्वीकार गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *