दक्षिण कोरियामा श्रमिक लक्षित कार्यशाला गोष्ठी हुँदै

डिसी नेपाल
८ मंसिर २०७६ १६:४३

सौल । रोजगारीका लागि दक्षिण कोरिया आएका नेपाली श्रमिकहरूलाई लक्षित गरेर एक दिने  दिने कार्यशाला गोष्ठी सञ्चालन हुने भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजना तथा ग्योंगी सुवन क्षेत्रीय समितिको व्यवस्थापनमा श्रमिक लक्षित  ‘प्रवाशमा शिपमुलक प्रशिक्षण, स्वदेश फिर्ती पश्चात स्वरोजगारको अवसर’ विषयक कार्यशाला गोष्ठी हुन लागेको हो।

नेपालबाट आमन्त्रित राष्ट्रिय युवा परिषद नेपालका प्रशासकीय प्रमुख डा बाबुराम ढुंगाना प्रमुख बक्ता  रहने उक्त कार्यशाल गोष्ठीमा दक्षिण कोरियाको मानवसंसाधन बिभागका प्रतिनिधि, श्रमविज्ञ तथा प्रतिष्ठित स्वरोजगार विज्ञहरुद्दरा कार्यपत्र प्रस्तुत गरिने एनआरएनए कोरियाका महासचिव बिमल सुबेदीले जानकारी दिए।

उनकाअनुसार गोष्ठीमा प्रमुख वक्ता ढुंगानाले नेपाल फिर्तीपछि स्वरोजगारको अवसर, राष्ट्रिय युवा परिषदको भूमिका विषयमा छलफल गर्नेछन् भने मानवसंसाधन बिभाग कोरियाबाट संचालित अनलाइन तालिम सहजकर्ता, स्वरोजगार अभियन्ता  प्रा डा वोन यु दोङ्गले कोरियाबाट सञ्चालित विविध सीपमुलक  प्रशिक्षण, कोरियामा उच्च शिक्षाको अवसर कहाँ लिने , कसरी लिने भन्ने विषयमा जानकारी गराउनेछन् ।

त्यस्तै एनआरएनएका आईसीसी सदस्य डा देबी बहादुर बस्नेतले कोरियामा रहेका नेपालीको नेपालमा सामुहिक लगानी, अवसर र सम्भावनाकाे बारेमा प्रस्ट्याउने छन् भने  श्रम विज्ञ तथा श्रमिक कानुन अधिबक्ता,स्वरोजगार अभियन्ता डा किम सांग ह्व्वानले कोरियाको श्रमिक कानुन, अधिकार र अवसरका बारेमा जानकारी गराउनेछन्।

गोष्ठी आगामी डिसेम्बर ८ तारिख सुवनममा दिउँसो १२ बजेदेखि शुरु हुने बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *