जनकदीपको निर्देशनमा ‘के यो माया हो’ [भिडियोसहित]

डिसी नेपाल
८ मंसिर २०७६ १८:२४

काठमाडौं। ‘के यो माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ।

आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अष्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ।

गीतको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन्। जनकदीप चलचित्र तथा म्युजिक भिडियोमा परिचित नाम हो। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै उनले फरक कन्सेप्टमा तयार पारिएको भिडियोलाई स्रोता तथा दर्शकले रुचाउने विश्वास व्यक्त गरे।

रोजि पन्त र निर्जन थापाले यस गीतको भिडियोमा मोडलिङ्ग गरेका छन्।

रोजि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन्। उनको यो पहिलो नेपाली म्यूजिक भिडियो हो। यसअघि रोजिले एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेको बताइन्। उनले विदेशमा रहेपनि नेपाली कला क्षेत्रमा आफूलाई अगाडी बढाउने रुचि रहेकोले सबैको सहयोगको खाँचो रहेको बताइन्।

उनको अपोजिटमा मोडलिङ गरेका निर्जन भने नेपाली मोडलिङ क्षेत्रमा परिचित अनुहार हो। उनले सधै आफूले राम्रो काम गर्ने प्रयास गर्ने गरेको बताए।

सञ्चारकर्मी श्यामहरी शिवभक्तीको संचालनमा चलेको कार्यक्रममा चलचित्र निर्देशक देवकुमार श्रेष्ठले समेत शुभकामना दिएका थिए। उनले भिडियो आफूलाई सुन्दर लागेको प्रतिक्रिया दिए। उनले भने, ‘भिडियो नयाँ तरिकाले प्रस्तुत गरिएको रहेछ। हेर्दा आँखालाई आनन्द लाग्यो ।’

ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भिमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले भिडियोमा लगानी गरेका हुन्। भक्तपुर दरवार स्क्वायर र नयाँ बानेश्वरका रमणीय स्थानमा रणधीर श्रेष्ठले भिडियोको छायांकन गरेका हुन्।

भिडियो सम्पादनको जिम्मेवारी भने धु्रवराज पराजुली ‘प्रज्जवलित’ले निर्वाह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *