आगोबाट जलेर महिलाको मृत्यु

डिसी नेपाल
१० मंसिर २०७६ १९:०४

कैलाली । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *