सलमान खान फेरि मुश्किलमा, फिल्म बन्द गर्ने धार्मिक समूहको चेतावनी
मुम्बई। बलिउड चर्चित अभिनेता सलमान खानको फिल्म ‘दवंग–३’ चाँडै प्रदर्शन हुँदैछ। तर फिल्म रिलीज हुनु भन्दा पहिला नै विवादमा फस्ने देखिएको छ। केही दिन अगाडि फिल्मको गीत ‘हुड हुड दवंग’ रिलीज गरिएको थियो।
यो गीतमा सलमानसँगै पृष्ठभूमिमा अन्य कयौं डान्सरले डान्स गरेका छन्। गीतमा एकतर्फ सलमान खान वेस्टर्न लुकमा देखिएका छन् भने अन्य केहीलाई भगवान राम, भगवान कृष्ण र शिवजीको रुपमा पेश गरिएको छ। यस्तो सीनप्रति केही धार्मिक संस्थाले आपत्ति जनाएका छन्। उनीहरुले यो गीतमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।

धार्मिक समूहले केन्द्रीइ फिल्म प्रमाणन बोर्डलाई पत्र लेखेर दबंग–३ लाई रोक्न माग गरेका छन्। उक्त समूहले फिल्मको टाइटल ट्रेक हुड हुड दबंगले हिन्दू समुदायको धार्मिक भावनामाथि प्रहार गरेको दाबी गरेको छ। साथै ऋषिमुनिको छविलाई पनि खराब गरेको दाबी गरिएको छ।

गीतमा सलमानको पछि एउटा इलेक्ट्रिक गिटारसँग कयौं साधुलाई पनि देखाइएको छ। त्यतिमात्रै होइन, ऋषिमुनि बलिउड स्टाइलमा नाच्दै गरेको देखाइएको छ।
यो विषयमा सलमान खान वा फिल्मसँग सम्बन्धित कसैको पनि प्रतिक्रिया आएको छैन। दबंग–३ २१ डिसेम्बरमा रिलीज हुने भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment