‘सोल्टिनी’को सफलतापछि ‘सोल्टिनी २’ बजारमा

डिसी नेपाल
११ मंसिर २०७६ १३:१७

काठमाडौं । पूर्वेली गीत ‘सोल्टिनी’को सफलतापछि गायक कुबेर राईले यसको भाग २ बजारमा ल्याएका छन् । राईले आफ्नै सृजनामा तयार भएको ‘सोल्टिनी २’ बजारमा ल्याएका हुन् ।

गीतमा राईसँग सुनिता थेगिमले महिला स्वरमा साथ दिएकी छिन् । स्वरसँगै शब्द तथा संगीतसमेत राईको आफ्नै रहेको यस गीतको एरेञ्ज राजु कार्कीले गरेका छन् ।

तुवाचुङ टीभी नामक युट्यूवबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायक राई र गायिका सुनिता आफैले अभिनय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *