अर्घाखाँची बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १५ पुग्यो

डिसी नेपाल
११ मंसिर २०७६ १८:४८

काठमाडौं । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

सन्धीखर्क नगरपालिका ६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको हाे ।

दुर्घटनामा अन्य १४ जना घाइतेलाई अस्पताल पठाएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको बताइएको छ ।

मृत्यु भएकाहरुको सनाखत भएको छैन । घटनाबारे उद्धार तथा अनुसन्धान भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *