तेस्रो सेटमा नेपालको उत्कृष्ट कमब्याक, अब एक सेट आवश्यक

डिसी नेपाल
११ मंसिर २०७६ २०:२८

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल जारी छ। पहिलो सेट जितेको नेपालले दोस्रो सेट भने गुमाएको छ। तेस्रो सेटमा जित निकालेको छ।

पहिलो सेट जितेको नेपाल दोस्रो सेटमा पराजित भएको थियो। तेस्रो सेट पनि कडा प्रतिस्पर्धात्मक देखिएको थियो। नेपालले तेस्रो सेट २५-१९ले जित्यो।

दोस्रो सेटमा भने नेपाल पराजित भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले २३-२५ले दोस्रोे सेट गुमायो। नेपालले लगातार सर्भिस मिस गरेपछि दोस्रो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट नेपाल २५-२१ले जितेको थियो।

अब चौथो सेट जिते नेपालले बंगलादेशलाई पराजित गर्नेछ।

यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *