पुरुष भलिबलः बंगलादेशसँग नेपालको नमिठो हार

डिसी नेपाल
११ मंसिर २०७६ २१:२३

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत बुधबार भएको पुरुष भलिबलमा नेपालले बंगलादेशसँग नमिठो हार व्यहोरेको छ। पहिलो सेटमा शानदार जित निकालेको नेपाल दोस्रो सेटमा पराजित हुन पुग्यो। सर्भिस मिस गरेपछि नेपाले दोस्रो सेट गुमाएको थियो। तेस्रो सेट जितेको नेपाल चौथो सेटमा भने पराजित हुन पुग्यो। अन्तिम तथा पाँचौ सेटमा भने नेपाल निकै कमजोर देखियो।

पाँचौ सेट नेपालले १२-१५ले गुमायो। चौथो सेट २६-२४ले गुमायो। पहिलो सेट जितेको नेपालले दोस्रो सेट भने गुमाएको छ। तेस्रो सेटमा जित निकालेको छ। पहिलो सेट जितेको नेपाल दोस्रो सेटमा पराजित भएको थियो। तेस्रो सेट पनि कडा प्रतिस्पर्धात्मक देखिएको थियो। नेपालले तेस्रो सेट २५-१९ले जित्यो।

दोस्रो सेटमा भने नेपाल पराजित भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले २३-२५ले दोस्रोे सेट गुमायो। नेपालले लगातार सर्भिस मिस गरेपछि दोस्रो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट नेपाल २५-२१ले जितेको थियो। अघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *