पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह

डिसी नेपाल
११ मंसिर २०७६ २२:५१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरूवात गरेका छन्। यसक्रममा उनले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिए ।

उनले भने, “मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ । यसमा मन्त्रालयले प्रभावकारी अनुगमन गर्छ ।” सरकारको नीति तथा कार्यक्रममा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गरीब जनतालाई अस्पतालको सेवाबाट सन्तुष्ट पार्न मन्त्री ढकालले निर्देशन दिएका हुन। उपकरण खरीद प्रक्रियालाई पारदर्शी बनाउने जानकारी पनि उनले दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *