साग : माल्दिभ्स र पाकिस्तानबीच भलिबल जारी
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) को बिहीबार दोस्रो दिन भलिबलका खेलहरु भइरहेका छन्। दशरथ रंगशालास्थित भलिबल कोर्टमा समूह बीमा रहेका पाकिस्तान र माल्दिभ्सबीच खेल जारी छ।
पाकिस्तानले पहिलो सेट जितिसकेको छ। पाकिस्तानले यो सेट २५ १६ को स्कोरले जितेको छ। अब दोस्रो सेट शुरु भएको छ।
पाकिस्तानी खेलाडीहरु शारिरिक रुपमा पनि निकै बलिया देखिएका छन्। हाइट पनि राम्रो छ। माल्दिभ्सका खेलाडीको तुलनात्मक रुपमा हाइट कम भए पनि निकै फुर्तिला भने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment