सरकारले लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्छः संचारमन्त्री बास्कोटा

डिसी नेपाल
१२ मंसिर २०७६ १९:०४

काठमाडौं । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरा सँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताएका छन्।

बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचार मन्त्रि बास्कोटाले नेपाल सरकारले भारत सरकारलाई बिवादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिए । साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताए।

उनले नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका एतिहासिक दस्तावेज कागज पत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताए । पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *