क्रोध र पानी समान हुन्, यी दुवै तल मात्रै बग्छन्

काठमाडौं। नेपालीमा एउटा आहान छ–रिसको आगोमा धैर्यको चिसो पानी खन्याउनुस्। क्रोध र पानीको निकै गहिरो सम्बन्ध छ। दुवैका ओह्रालो मात्र बग्छन्। माथि लैजानु पर्यो भने धेरै प्रयास गर्नुपर्छ। त्यसकारण यदि मानिसले क्रोधलाई विचार गर्ने हो भने क्रोधले कहिले पनि माथि उठ्न दिँदैन। क्रोधले धेर थोर नोक्सा गर्छ।

पानी कहिल्यै पनि माथि चढ्दैन। पानीलाई माथि चढाउन प्रयास गर्र्नुपर्छ वा कुनै विधि अपनाउनु पर्छ।  त्यसै रिसाहा मानिसको विचार पनि तल झर्न थाल्छ। क्रोधित मानिस क्रोधमा समाहित हुन्छ र लाभ हानिको विचार गर्दैन। त्यसकारण मानिस आफ्नो विवेकबाट गिर्छ। उ क्रोधसँगै बग्छ।

जसरी पानीले आफ्नो बाटोमा आउने चीजलाई बगाउँदै लैजान्छ, त्यसैगरी क्रोधले पनि मानिसलाई आफूसँगै लैजान्छ। भगवान राम र कृष्ण दुवै क्रोध नियन्त्रणका आदर्श उदाहरण हुन्। उनीहरुले कहिल्लै अनावश्यक क्रोध गरेनन्। संभव भएसम्म क्रोधलाई सहन नै गरे। बाहिर व्यक्त हुन दिएनन्।

जब लंका जाने क्रममा समुद्र पार गर्ने योजना बनिरहेको थियो तब भगवान श्रीरामले सबैसँग सल्लाह लिए। विभिषणले समुद्रसँग बाटो माग्न सुझाव दिए। सागर सगरका वंशजसँग जाडिएका छन्। राम सगरका पूर्वज थिए। भगवान रामलाई विभिषणको सुझाव मन पर्यो। यो विषयमा लक्ष्मणले आपत्ति जनाए र भने–तपाईँ आफूभित्र क्रोध उत्पन्न गराउनुस्। अनि आफ्नो वाणको प्रहारबाट समुद्रलाई सुखकाउनुस्।’

रामले मुस्कुराउँवदै लक्ष्मणलाई सम्झाए। आवश्यक पर्यो भने त्यसो पनि गरौंला। तर अहिले क्रोध गर्नु गर्दैन।’ भगवान कृष्णले पनि जीवनमा क्रोधलाई आफ्नो जीवनबाट टाढै राख्ने प्रयास गरे। एक पटक यस्तो पनि अवस्था आयो की जब श्रीकृष्णको धैर्य टुट्न लागेको थियो तर उनी स्थिर रहे र परिस्थितिलाई सम्हाले। कृष्ण जरासंघको आक्रमणबाट तनावमा थिए। मथुरा पनि तनावमा थियो। तर कहिल्यै क्रोधमा धैर्य गुमाएर युद्धमा समय गुमाएनन्।

आफ्नो चुतुराईबाट मधुरावासीलाई र द्वारिका लिएर गएर सुरक्षित नगर बनाए। शिशुपालले कृष्णको अपमान गरिरह्यो, कृष्णले सुनिरहे। समय भन्दा पहिला कहिल्यै उनले उत्तर दिएनन्। कृष्णले कहिल्यै क्रोधित भएर निर्णय लिएनन्।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position