अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलनमा राप्रपा अध्यक्ष थापा सहभागी

डिसी नेपाल
१९ मंसिर २०७६ ९:५४

वासिङ्टन। अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष आजदेखि वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन्। सम्मेलन आजदेखि वासिङ्टन डिसीमा शुरु भएको हो। क्यानाडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए। सम्मेलन मा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ। सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श हुनेछ।

आजै वाशिंगटन डिसीमा आडीयूका अध्यक्ष तथा क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्पर र राप्रपा अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाबीच शिष्टाचार भेट भएको छ। भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपा प्रचार विभाग प्रमुख माेहन श्रेठले जानकारी दिए।

अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ।

यसैगरी राप्रपा अध्यक्ष थापा र एशिया प्यासेफिक डेमाेक्रेटिक यूनियनका महासचिव एवं अष्ट्रेलियाका लिबरल पार्टीका नेता ब्रुश एडवार्डससँग आज वाशिंगटन डिसीमा शिष्टाचार भेट भएको छ। भेटमा प्रजातन्त्र, मानवअधिकार, लिबरल पार्टी र राप्रपा बीच सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *