१४ औं साग पाकिस्तानमा हुने निश्चित

डिसी नेपाल
१९ मंसिर २०७६ १०:४२

काठमाडौं। हरेक तीन वर्षमा आयोजना हुँदै आएको दक्षिण एशियाली खेलकुद (साग)को आगामी संस्करण पाकिस्तानमा हुने निश्चित भएको छ। १३ औं साग यतिबेला नेपालमा चलिरहेको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्यहरु राष्ट्रहरु सहभागी हुने यो प्रतियोगिताको पहिलो संस्करण १९८३ मा नेपालमै भएको थियो।

नेपालले हाल तेस्रो पटक साग आयोजना गरिरहेको छ। १३ औं सागको समापनकै दिन आगामी साग आयोजना गर्ने मुलुकको नाम घोषणा हुनेछ। वणानुक्रमअनुसार आगामी साग आयोजना गर्ने पालो पाकिस्तानको थियो।

सोही अनुसार पाकिस्तानले दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई साग आयोजनाका लागि पत्र पठाएको थियो। दक्षिण एशियाली ओलम्पिक काउन्सिलले पाकिस्तानमा साग आयोजना गर्ने स्वीकृति दिएसँगै १४ औं साग पाकिस्तानमा हुने पक्का भएको हो।

यसअघि पाकिस्तानले १४ औं साग आयोजना गर्न नसके सो मौका श्रीलंकालाई दिने प्रस्ताव गरिएको थियो। तर, पाकिस्तानले साग गर्न तयार रहेको भन्दै प्रस्ताव पठाएपछि दक्षिण एशियाली ओलम्पिक कमिटीले पाकिस्तानको प्रस्ताव स्वीकृत गरेको स्रोतले जनायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *