मुस्ताङको होेटलमा वास बसेका भारतीय नागरिकको मृत्यु

डिसी नेपाल
१९ मंसिर २०७६ ११:१३

पोखरा ।  मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।

भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो।

अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *