गौरिकाले पौडीमा जितिन स्वर्ण पदक

डिसी नेपाल
१९ मंसिर २०७६ १६:४७

काठमाडौं। नेपालकी नम्बर वन पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपालका लागि स्वर्ण पदक जितेकी छन्।

बिहीबार सातदोबाटोमा भएको प्रतियोगितामा उनले २०० मिटर फ्री स्टायलमा नेपालका लागि स्वर्ण जितेकी हुन्।  । गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन् ।

गौरिका पौडीमा नेपालकी समकालीन उत्कृष्ट खेलाडी हुँन्।

बेलायतमा तयारी गरेर साग खेल्न नेपाल आएकी गौरिकाबाट नेपालले स्वर्ण पदकको आशा गरेको थियो। उनले स्वर्ण जित्दै नेपालको आशा कायम राखेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *