जुनीले जितिन् उसुमा स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ १९:२२

काठमाडौं । उसुमा जुनी राईले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन् ।

लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा भएको प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । जुनियले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति चानुलाई २–० ले हराएकी थिइन् । श्रीलंकाकी खेलाडीले बंगलादेशकी साकी अख्तरलाई हराएर फाइनल भेट पक्का गरेका थिए ।

यो सँगै उसुमा नेपालको स्वर्ण पदक संख्या ५ पुगेको छ । यसअघि विजय सिन्जाली, सुष्मिता तामान, दीपक हमाल र निमा घर्तीमगरले थाउलोमा स्वर्ण पदक जितेका थिए । नेपालका लागि १३ औं सागमा स्वर्ण पदकसंख्या ३६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *